बंगलादेशकाे राजधानी ढाकामा चारवटा बम विस्फाेट

बंगलादेशकाे राजधानी ढाकामा चारवटा बम विस्फाेट

केन्द्रबिन्दु
0
Shares

बंगलादेशमा भयानक विस्फोट भएको छ। राजधानी ढाकाको अमीनाबजार र सावरमा चारवटा विष्फोट भएका हुन्। साथै ढाका प्रहरीले छ स्थानमा बमहरू बरामद गरेको थियो, जसलाई सेनाको टोलीले निष्क्रिय पारेको थियो।

ढाका सञ्चारमाध्यमका अनुसार शनिबार दिउँसो करिब २ बजे अमिना बजारमा रहेको फिलिंग स्टेसनको अगाडि विष्फोट भएको थियो,जसले घटनास्थलमा हलचल मच्चाएको थियो। खबर पाए लगत्तै प्रहरी टोली पनि घटनास्थलमा पुगेको थियो। 

अधिकारीहरूले घटनास्थलमा ६ वटा घरेलु बम भएको कागजको झोला फेला पारेका छन्। घटनास्थलमा उपस्थित सैफुल इस्लामले दिउँसो पेट्रोल पम्प अगाडि रहेको तीनतले भवन नजिकै एउटा भ्यान आएको बताए। भ्यान यहाँ एक सेकेण्ड पनि रोकिएन र गुडिरहेको गाडीबाट झोला सडकमा फालेर हिड्यो। त्यसको केही समयपछि विस्फोट भएको थियो।

ढाका मिडियाका अनुसार पेट्रोल स्टेशनका प्रबन्धक नुरुल अमिनले विस्फोटको समयमा त्यहाँ कोही नभएको बताए। जसका कारण ठूला दुर्घटना भने हुन नसकेको बताए।

Skip This
Skip This
Logo