कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो

कोरिया जाने हो ? भाषा परिक्षा खुल्यो

केन्द्रबिन्दु
0
Shares

तपाईं रोजगारिका लागि विदेश जान चाहनुहुन्छ ? विदेश जाने तयारीमा हुनुहुन्छ भने कोरियन भाषा परिक्षाका लागि आवेदन माग गरिएको छ। इपीएस कोरिया शाखाले आज सूचना जारी गर्दै भाषा परिक्षाका लागि इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। 

नेपाल सरकार, श्रम तथा सामाजिक सुरक्षा मन्त्रालय र गणतन्त्र कोरिया, श्रम तथा रोजगार मन्त्रालयबीच भएको समझदारीपत्र अनुरुप रोजगार अनुमति प्रणाली (इपीएस)अन्तर्गत गणतन्त्र कोरियामा नेपाली नागरिकलाई लैजान आवेदन खुलेको छ।

पानी जहाज कम्पनीमा कामदारका रूपमा पठाउने सिलसिलामा उमेदवारको छनौट गर्न कोरियान भाषा परिक्षा सञ्चालन गरिने जनाइएको हो। साउन २० गतेदेखि २४ गतेसम्म १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सकिनेछ। भाषा परिक्षा आगामी असोज १ गते सोमबारदेखि हुने बताइएको छ।

Skip This
Skip This
Logo