प्रतिनिधिसभा र राष्ट्रिय सभाका चार वटा संसदीय समितिको बैठक आज बस्दैछ। संसद सचिवालयको कार्यालय सिंहदरबारमा समितिका बैठकहरु बस्ने सचिवालयले जनाएको हो।
जसअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बिहान ११ बस्दैछ। बैठकमा राष्ट्रिय सुरक्षाको अवधारणा,सिद्धान्त,अवस्था,राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अभ्यासको तुलनात्मक अध्ययन,प्रमुख सवाल,समस्या तथा सुधारका उपाय लगायतका विषय र परराष्ट्र सम्बन्धको अवधारणा, सिद्धान्त, अवस्था,प्रमुख सवाल, समस्या तथा सुधारका उपाय लगायतका विषयमा छलफल हुनेछ।
त्यस्तै, बिहान ११ बजे नै बस्ने महिला तथा सामाजिक मामिला समितिको पनि बैठक बस्दैछ। महिला तथा सामाजिक मामिला समितिको बैठकमा समाज कल्याण परिषद्को प्रस्तुति र छलफल सम्बन्धमा छलफल हुनेछ। विधायन व्यवस्थापन समितिको बैठक दिउँसो २ बजे बोलाइएको छ।
बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा विज्ञहरूसँग छलफल हुनेछ। त्यसअघि सार्वजनिक लेखा समितिको बैठक बस्दैछ। लेखा समितिको बैठक दिउँसो १ बजे बस्दैछ। लेखा समितिको बैठकमा उपसमितिले पेश गरेको समितिको आन्तरिक कार्यविधिका बारेमा छलफल हुने संसद सचिवालयले जनाएको हो।





























प्रतिक्रिया