विश्वकपमा दक्षिण कोरियामाथि मोरक्कोको ऐतिहासिक जित

विश्वकपमा दक्षिण कोरियामाथि मोरक्कोको ऐतिहासिक जित

केन्द्रबिन्दु
0
Shares

महिला विश्वकप फुटबलमा मोरक्कोले दक्षिण कोरियामाथि ऐतिहासिक जित हात पारेको छ । अष्ट्रेलियाको हिन्दमरास स्टेडियममा आइतबार भएको खेलमा मोरक्कोले दक्षिण कोरियालाई १-० ले पराजित गरेको हो ।

फिफा वरीयतामा १७औं स्थानमा रहेको दक्षिण कोरियालाई ७२औं स्थानमा रहेको मोरक्कोले स्तब्ध पार्दै विश्वकपमा पहिलो ऐतिहासिक जित दर्ता गरेको हो । मोरक्कोका लागि इब्तिसाम जराइदीले खेलको छैटौं मिनेटमा गोल गरेको गोल नै निर्णायक बन्यो । 

जितसँगै समूह एचको मोरक्कोले पहिलो ३ अंक जोडेको छ । पहिलो खेलमा मोरक्को जर्मनीसँग ६-० ले पराजित भएको थियो । 

Logo