एप्पलको एक जोर जुत्ताको मूल्य ६५ लाख !

एप्पलको एक जोर जुत्ताको मूल्य ६५ लाख !

केन्द्रबिन्दु
0
Shares

एप्पल भन्ने बित्तिकै हामीले आइफोन भनेर सम्झन्छौ अथवा आइफोन बनाउने कम्पनी भनेर चिन्छौं । तर कुनै समयमा एप्पलले फोन तथा कम्प्युटर मात्र होइन जुत्ता पनि बनाएको थियो भन्दा हामीलाई अचम्म लाग्न सक्छ । त्यही एप्पलले उत्पादन गरेको दुर्लभ जुत्ता ६५ लाख रुपैयाँभन्दा धेरैमा लिलामी भएको छ ।

एप्पलले सन् १९९० को दशकमा नेसनल सेल्स कन्फ्रेन्सका क्रममा आफ्ना कर्मचारीहरुलाई सो जुत्ता दिएको थियो । एप्पलको इन्द्रेणी लोगो रहेको उक्त जुत्ता सेतो रङको छ भने यसको साइज १०.५ रहेको छ ।

एप्पलले केवल आफ्ना कर्मचारीहरुका लागि मात्र उत्पादन गरेको जुत्ता बिक्रीका लागि बजारमा भने कहिल्यै उपलब्ध गराएन । त्यहीँ विशेष जुत्तामध्येको एकजोर जुत्ताको हालै लिलामी भएको छ, त्यसलाई एक खरिदकर्ताले ५० हजार डलर अर्थात् करिब ६५ लाख रुपैयाँ मूल्य तिरेका छन् ।

सोथबी नामक लिलाम कम्पनीले उक्त जुत्ताको लिलामी गरेको हो । उक्त जुत्ता कसैले पनि प्रयोग नगरेको अवस्थाका रहे पनि निकै पुरानो भएकाले केही दाग भने लागेको छ । बक्समा रहेको जुत्तामा एकजोर रातो रंगको अतिरिक्त तुना पनि रहेको छ।

एप्पलले जुत्ता उत्पादनका लागि आमेगा स्पोर्टस्सँग साझेदारी गरेको थियो, पछि जुत्ताका लागि आफ्नो ब्रान्डिग होन्डा तथा ब्राउनजस्ता कम्पनीहरुलाई पनि दिएको थियो । यो भन्दा पहिले पनि एप्पलका जुत्ता महँगो मूल्यमा लिलामी भएको थियो । यो पहिलोपटक भने होइन । यसअघि सन् २०२० मा यस्तै एकजोर जुत्ता ८७५० डलरमा लिलाम भएका थियाे भने सन् २०२१ को मार्चमा अर्को एकजोर जुत्ता १३७५० डलरमा लिलामी गरिएको थियो ।

Skip This
Skip This
Logo