आत्महत्या गरेका कलाकार सारूक ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको छ। काठमाडौंको रातोपुलस्थित घरमा असार २१ गते मृत फेला परेका ताम्राकारको फोनमा सुसाइड नोट भेटिएको हो।
सारुकले मोबाइलमा लेखेको नोट फरेन्सिक परीक्षणमा गर्दा भेटिएको काठमाडौं प्रहरीले जनाएको छ । सुसाइड नोटमा सारुकले कसैलाई दुःख नदिन प्रहरीलाई अनुरोध गरेका छन् । उनले भनेका छन्, ‘यो मेरै कारणले भएको हो । कसैलाई दु:ख नदिनू ।’ आमालाई सम्बोधन गर्दै उनले भनेका छन्, ‘अर्को जुनीमा पनि तपाईंको कोखबाट जन्मिन पाऊँ भनेका छन् ।’
यसअघि सारुकको आत्महत्या नभई दुरुत्साहन भएको भन्दै विभिन्न टिकाटिप्पणी भएको थियो ।
सारुकले आत्महत्या गर्नुअघि फिल्म ‘ह्यासट्याग माया’ को छायांकन गरिरहेका थिए। फिल्ममा उनकाे र नम्रता श्रेष्ठको मुख्य भूमिका रहेकाे थियो। ‘इन्टु मिन्टु लण्डनमा', 'मेरी मामु', 'रानी’ लगायतका फिल्ममा सारुकले अभिनय गरेका छन्।































प्रतिक्रिया