नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकता

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्तिपार्टी र नेपाल सदभावना पार्टीबीच एकीकरण भएको छ। रेशम चौधरी संरक्षक रहेको उन्मुक्तीले देशकै पुरानो मधेश केन्द्रित दल नेपाल सदभावना पार्टीसंग एकीकरण गरेको हो । 

आइतवार जनकपुरधाममा आयोजित नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले आफू साढे वर्षसम्म जेलमा बस्दा यहाँका मधेशवादी दलले आफूलाई स्वीकार गर्न नमानेको तर चुनावमा मेरो नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।

आफ्नो रिहाई र मुक्तिको विषयमा उनीहरु भाषण मात्र गरेको र व्यवहारमा कुनै पनि काम कडाईका साथ गर्न नसकेको उनको आरोप छ ।

मधेशी दलका नेताहरुको चरित्र बुझेपछि आफू जेल बसाईकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भएको भन्दै उनले थरुहट प्रदेशमा शासन गरिरहेको नाउपा अगामी निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर सरकारको नेतृत्व गर्ने दाबी गरे । 

नेपाल सद्भावना मात्र होइन दुई/चारवटा मधेशवादी दलहरु अझै सम्पर्कमा रहेको र उनीहरुसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउने उनको जिकिर छ ।

कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेश क्रान्तिको योद्धाको रुपमा रहेका नेता चौधरी पनि मधेशवादी दलमै आवद्व रहेका बेला पक्राउ परेपनि मधेशवादी दलहरुले उनको रिहाई र न्यायका लागि नाटक गरेर चुनावमा नाम भजाउने काम मात्र गरेको आरोप लगाए ।

Skip This
Skip This
Logo