टेलिभिजन रियालीटी शो ‘महागफाडी’ चाँडै प्रशारणमा आउने भएको छ । ढाकाटाेपी फिल्मस् प्रालिले आइतबार काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ‘महागफाडी’ शो प्रशारणको तयारी भएको जानकारी दिएको हो ।
महागफाडी नेपालको चर्चित टेलिभिजनबाट प्रसारण हुनेछ ।
कुनै पनि विषयमा राम्रोसंग बोल्न जान्ने र बोलेरै समाजमा केही परिर्वतन ल्याउँछु भन्ने उद्देश्य बोकेका व्यक्तिहरुलाई स्थान दिन शो को आयोजना गरिएको ढाकाटोपीको दाबी छ ।
टेलिभिजन रियालिटी शोको रुपमा तयार हुने शोमा विश्वका जुनसुकै कुनामा छरिएर रहेका नेपाली नागरिकले सहभागिता जनाउन सक्नेछन् । यसका लागि सोमबारदेखी १४ दिनसम्म अनलाइन अडिशन खुल्ला हुनेछ । अडिशनमा छनोट भएका सर्वोत्कृष्ट १८ जनाबाट मुख्य उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।हास्य कलाकार शैलेन्द्र सिंखडा, बुद्धि तामाङ र अभिनेत्री लुनिभा तुलाधर शोको निर्णायक रहने छन् भने कार्यक्रमको होष्ट कलाकार कामेश्वर चौरसियाले गर्नेछन् ।
शोका विजेताले नगद रु. १५ लाख र सवारी साधन प्राप्त गर्नेछन् । त्यस्तै, दाेस्राे हुनेले नगद रु. १० लाख र सवारी साधन तथा तेस्राे हुनेले नगद रु. ५ लाख र सवारी साधन पाउनेछन् । त्यसैगरी चौथो र पाँचौं स्थान हासिल गर्नेले आकर्षक गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोगले बताएको छ । फाइनल अष्ट्रेलियामा आयोजना हुने उक्त शो १६ एपिसोडको हुने आयोजकले जानकारी दिएकाे छ ।





























प्रतिक्रिया