गायिका टेलर स्वीफ्टको कन्सर्टका कारण अमेरिकामा भूकम्प

गायिका टेलर स्वीफ्टको कन्सर्टका कारण अमेरिकामा भूकम्प

केन्द्रबिन्दु
0
Shares

गायिका टेलर स्वीफ्टको कन्सर्टका कारण अमेरिकी सहर सिएटलमा २.३ म्याग्निच्युडको भूकम्प गएको छ । 

बीबीसीका अनुसार उक्त भूकम्प गायिका स्वीफ्टको बहुचर्चित ‘इरास टुर’ अन्तर्गत २२ र २३ जुलाईमा लुमेन फिल्डमा आयोजना गरिएको कन्सर्टको बेला मापन गरिएको थियो । भूकम्पविद् ज्याकी क्याप्लान–अउरबाचले उक्त भुकम्प स्विफ्टका फ्यान वा ध्वनि प्रणालीका कारण भएको बताए । स्वीफ्टको यो कन्सर्टले सन् २०११ को रेकर्ड तोडेको छ । 

यसअघि सन् २०११ मा न्यु अर्लिन्स सेन्ट्सविरुद्धको खेलको क्रममा अमेरिकी फुटबल प्रशंसकले भूकम्पीय कम्पन पैदा गरेका थिए । 

पश्चिमी वासिङ्टन विश्वविद्यालयका भू–विज्ञान प्राध्यापक डाक्टर क्याप्लान–अउरबाचले बीबीसीलाई बताएअनुसार एनएफएल खेल र स्वीफ्टको भर्खरका कन्सर्टहरूबीचको कम्पनको भिन्नता ०.३ रेक्टर मात्रै रहेको छ। तर स्वीफ्टको कन्सर्टको कम्पन दुई गुणा बलियो र पहिलेको भन्दा दोब्बर रहेको थियो। रिपोर्टका अनुसार उक्त कन्सर्ट एक लाख ४४ हजार प्रशंसक उपस्थित थिए । 

Skip This
Skip This
Logo