संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ। संघीय संसद भवन,नयाँ वानेश्वरमा उक्त बैठक बस्नेछ।बैठक दिउँसो १ बजे बोलाइएको छ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसूची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन्।
यसैगरी,राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ।
साथै,बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सम्बन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभाबाट उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन्।





























प्रतिक्रिया