देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएः रवीन्द्र मिश्र

देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएः रवीन्द्र मिश्र

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले देशका सरकारी र गैरसरकारी संस्थाहरु राजनीतिले गिजोलिएको बताएका छन् । 

साउन १५ खिर खाने दिनको उपलक्ष्यमा आज काठमाडौंमा आयोजित कार्यक्रममा  उपाध्यक्ष मिश्रले सबै खाले राजनीतिले सबै संस्थाहरु राजनीतिको घेरामा आएको हुँदा वर्षेनी ७ लाख युवाहरु बाहिरिएको बताए । 

उनले भने, 'यो देश राष्ट्रको रुपमा अथवा राष्ट्र चलाउने राज्यको रुपमा क्षयिकृत भएर गयो । यो देशको राष्ट्रपति संस्था, प्रधानमन्त्री संस्था, कर्मचारी संस्था, अख्तियार, प्रहरी, हुँदा हुँदा न्यायालय पनि सबै राजनीतिले गिजोलियो त्यसले गर्दा यो सम्पूर्ण राज्य कमजोर हुँदा एक वर्षमा ७ लाख युवाहरु बाहिर जाने गरेका छन् ।'

उपाध्यक्ष मिश्रले दक्ष युवाहरु बाहिरिरहेको अवस्थामा पुरानो मतदान प्रवृत्तिले गर्दा भएको भन्दै युवाहरुले विवेकको प्रयोग गरेर मतदान गनुपर्ने बताए । उनले भने, 'दक्ष नेपालीहरु बाहिरिरहेको छ, अनि देश कसले चलाउँने, युवाहरुको लागि देश कसले बनाउँने यो कुरा एकदमै महत्वपूर्ण छ र यो अहिलेका युवाहरुले नबुझेको जस्तो लाग्छ । बहकाएर र पूरानो तरिकाले भोट दिदाँ राजनीतिमा इमान्दारिता, क्षमता र परिपक्वता हराएको छ । युवाहरुले विवेकको प्रयोग गरेर मतदान गर्नुपर्छ ।’ 

Logo