सांसदहरुले नेपालमा किसानहरुले समयमा मल नपाएको भन्दै गुणस्तरीय मलको व्यवस्था समयमा नै गर्नुपर्ने माग राखेका छन् ।
सोमवार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको बैठकमा सांसदहरुले किसानले मल नपाउने समस्या हरेक बर्ष दोहोरिने गरेको स्मरण गराउँदै यो समस्या सधैंका लागि अन्त्य हुने गरी विकल्प खोज्नुपर्ने बताएका हुन् ।
पूर्वसञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले किसानहरुले एक बोरा मल ७ जनाले बाँड्नुपर्ने र मल बढी मूल्यमा बेच्ने कालाबजारी जस्तो समस्या रहेको औंल्याए । बैठकमा उनले ६० प्रतिशत रोपाई भएकोमा मल गुणस्तरीय छ कि छैन् ? अहिले किसानहरुले मल नपाए कहिले पाउने जस्ता प्रश्नहरु उठाए ।
उनले भने, ‘एक बोरा मल ७ जनाले बाँड्नुपर्ने र मल बढी मूल्यमा बेचेर काला बजारी भयो भन्नुभएको छ त्यसमा छलफल गर्नुपर्छ । हामी नेपाली हो कि होईन ? हामीलाई सरकाले मल पनि दिन सकेको छैन् । हामीले किनेर ल्याएको मलपनि हाम्रो जीविको पार्जनको लागि न्यूनीकरण दिँदैन् । ६० प्रतिशत रोपाई भएको छ । मल गुणस्तरीय छ कि छैन् । अहिले किसानहरुले मल नपाए कहिले पाउने ? मल किन समयमा आउँदैन ? वितरण प्रणालीलाई कसरी प्रभावकारी बनाउँने ?त्यो आजको बैठकबाट निर्देशन दिएर लागु हुनुपर्छ ।’
सांसदरुले उठाएको प्रश्नको उत्तर दिँदै कृषि तथा पशुपंक्षीमन्त्री बेदुराम भुसालले नेपालमा मल प्रशस्त रहेको दावी गरे । उनले सरकारले आयात गरेको मल पनि गुणस्तरीय नै रहेको भन्दै दुविधा राख्न जरुरी नरहेको बताए । ‘नेपालमा मल छेलोखेलो छ । र सरकारले आयात गरेको मल गुणस्तरीय छ । यसमा कुनै दुविधा राख्न जरुरी छैन् । वितरणमा स्थानीय तहलाई जिम्मा दिएको छ । जुन सहकारीहरुले सिफारिस गरेका छन् । हाम्रा नीति नियमहरुमा कहाँ गोलमेल भएको छ भन्ने जानकारी लिने काम हाम्रो हो । हामी सबै मिलेर मन्त्रालयको र स्थानीय प्रशाासनलाई भनेर परिचालन गरेर समस्याहरु नियाल्ने छौं ।’ उनले भने ।





























प्रतिक्रिया