सामाजिक सञ्जालमा नेतृत्वलाई निचा र आफूलाई उच्च देखाउने प्रवृति बढ्योः अर्थमन्त्री महत

सामाजिक सञ्जालमा नेतृत्वलाई निचा र आफूलाई उच्च देखाउने प्रवृति बढ्योः अर्थमन्त्री महत

केन्द्रबिन्दु
0
Shares

अर्थमन्त्री डा. प्रकाश शरण महतले कांग्रेसकै नेताहरुले सामाजिक सञ्जालमा नेतृत्वलाई निचा देखाउने र आफूलाई उच्च देखाउने काम गरेको आरोप लगाएका छन् । 

सोमबार काठमाडौंमा आयोजित चियापान तथा भेटघाट कार्यक्रममा कांग्रेसका प्रवक्तासमेत रहेका महतले कांग्रेसले गरेको राम्रो कामको प्रचार नगर्ने तर एक अर्काको कमजोरीको चाहिँ प्रचार गर्ने प्रवृतिले पार्टी बलियो नहुने बताएका हुन् । 

उनले भने, ‘नेपाली कांग्रेसले काम गर्छ तर प्रचार गर्दैन । प्रचार चाँहि एक अर्काको कमजोरीको गर्छौँ । सामाजिक सञ्जाल छँदै छ जताततै पुगिहाल्छ सामाजिक सञ्जालमा एक अर्कालाई होच्याउने काम बन्द गरौं । संयन्त्र छ त्यहाँ छलफल गरौं हामीले गरेको काम जनताको बीचमा पु-याउ नेतृत्वलाई निचा देखाउने र आफूलाई उच्च देखाउने प्रवृतिले पार्टी बलियो हुँदैन ।’

प्रवक्ता महतले सबै नकारात्मक सोचलाई पछाडी छोडेर चुनाव मिसन ८४ मा लाग्नुपर्ने धारणा पनि राखे ।

Skip This
Skip This
Logo