गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जनामा कोरोना पुष्टि

गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा उपचाररत ७ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राजधानीको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारीमा उपचाररत सात जना बिरामीलाई कोरोना संक्रमण भेटिएको छ।

कोरोना पुष्टि भएसँगै आज बिहानदेखि अस्पतालका आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। थप सतर्कता अपनाउनु पर्ने भएकाले आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले जनाएको छ ।

पछिल्ला दिनहरुमा राजधानीमा कोरोना संक्रमितको संख्या बढेको छ । यसअघि आइतबार काठमाडौं उपत्यकामा मात्रै ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । यस्तै सोमबार ५४ जना भेटिएका थिए ।

Logo