आज पनि माओवादी केन्द्रिय समिति बैठक जारी रहने

आज पनि माओवादी केन्द्रिय समिति बैठक जारी रहने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । 

विहिबारदेखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म १७ जनाले आ–आफनो धारणा राखिसकेका छन् । मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल हुनेछन् ।सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य, केन्द्रीय आयोगका  ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रिय कार्यालयले जनाएको छ ।
 

Logo