लालबहादुरले अदालतबाट पाए सफाइ, माओवादीको केन्द्रीय कमिटि बैठक सुरु, रवि पुगे निर्वाचन क्षेत्र [भिडियाेसहित]

लालबहादुरले अदालतबाट पाए सफाइ, माओवादीको केन्द्रीय कमिटि बैठक सुरु, रवि पुगे निर्वाचन क्षेत्र [भिडियाेसहित]

केन्द्रबिन्दु
0
Shares

माओवादी केन्द्रको केन्द्रीय कमिटिको पाँचौं पूर्ण बैठक काठमाडौंमा सुरु भएको छ । पाँच दिनसम्म चल्ने बैठक समसायिक राजनीतिक घटनाक्रम, सरकार सञ्चालन, मंसिरमा हुने विधान सम्मेलनलगायत विषयमा केन्द्रित हुनेछ । 

माओवादी केन्द्रले आगामी भदौदेखि ३ महिनासम्म संगठन सुदृढिकरण अभियान चलाउने भएको छ । केन्द्रीय कमिटि बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष पुष्पकमल दाहालले आफ्नो पार्टी सदस्य संख्या७ लाख ५२ हजार ९५६ रहेको दाबी गर्दै यसलाई अझ बढाउन अभियान सञ्चाल नगर्न लागेको बताए । दाहालले सांगठनिक प्रतिवेदन प्रस्तुत गर्दै ‘जनतासँग पार्टी अभियान’चलाउने जानकारी दिए । 

कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले कार्यभार सम्हालेका छन् । बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङबाट पद तथा गोपनीयतको शपथ लिए लगत्तै थापाले कार्यभार सम्हालेका हुन् । आजै उनले माओवादी केन्द्रका बाबुराम गौतम, एकीकृत समाजवादीका कमल प्रसाद जवेगु र कांग्रेसका प्रदीप सुनुवारलाई मन्त्रीमा नियुक्त गरे । उनीहरुले पनि शपथलिए । 

चितवन क्षेत्र नं. २ बाट दोस्रोपटक निर्वाचितभएको १०० दिनको अवसर पारेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विभिन्न कार्यक्रम सार्वजनिक गरेका छन् । कार्यकारी अधिकृतको नियुक्ति र पदस्थापनादेखि स्वास्थ्य बीमा, महिलाहरुका लागि निः शूल्क बस, ६५ वर्ष नाघेका वृद्धवृद्धाका लागि घरमै पुगेर निशूल्क स्वास्थ्यजाँच, नमूना विद्यालय निर्माण गर्ने लगायत कार्यक्रम उनले घोषणा गरे ।

ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले अदालतबाट सफाइ पाए सँगै बुधबार कारागार मुक्त भएका छन् । मंगलबार उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुरलाई न्याय दिएको थियो । 

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समाजले प्रयोग गर्दै आएको  पशुपति धर्मशालाको जग्गाको भाडा पुनरावलोकन गरी सम्झौताका लागि १५ दिनको अल्टिमेटम दिएको छ । बुधबार बिहान सँस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रलयमा बसेको पशुपति क्षेत्र विकास कोषको बैठकले भाडा पुनः मुल्याङ्कनसहित सम्झौताका लागि १५ दिनको म्याद दिएको हो ।

अधिवक्ता भगवती पाण्डे पक्राउ परेकी छन । जिल्लाप्रहरी परिसर काठमाडौंले बुधबार बिहान उनलाई पक्राउ गरेको हो । अधिवक्ता पाण्डेले केही दिनअघि एक टेलिभिजन अन्तर्वार्ता कार्यक्रममा मुस्लिम, मगर, तामाङलगायत समुदायमा हाडनाताभित्र विवाह हुने र विवाहपछि जन्मिएको बच्चा एग्रेसिभ हुने विवादा स्पद अभिव्यक्ति दिएकी थिइन् ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा बुधबार सामान्य अङ्कको वृद्धि देखिएको छ । परिसूचक नौ दशमलव २५ अङ्कले बढेर दुई हजार ८६ दशमलव ८४ अङ्कमा कायम भएको हो । 

चीनको राजधानी बेइजिङमा१ सय ४० वर्षयताकै ठूलो वर्षा भएको छ । गतशनिबारदेखि बुधबार बिहानसम्म७४४.८ मिलिमिटर वर्षा भएकोथियो । भारी वर्षा र डुबानका कारण कम्तीका २० जनाको मृत्यु भएको छ भने २७जना बेपत्ताभएका छनभने 

अखिल नेपाल फुटबल संघ एन्फाले कार्यसमिति बैठकमा ९ वटा एजेण्डा थप गरेको छ । बैठकको थप गरिएको एजेण्डामा नेपालीपुरुष र महिला फुटबल टिमको समान पुरस्कार राशी सहित एन्फा महिला एकेडेमी सञ्चालन, महिला राष्ट्रिय टिमको नकआउट सहित खेलाडीको पुरानो पुरस्कार रकम बारेको विषय थपिएको छ ।

स्विडेन र फ्रान्स समूह विजेता बन्दै महिला विश्वकप फुटबलको प्रिक्वार्ट रफाइनलमा प्रवेश गरेका छन् । समूह जीबाट स्विडेनसँगै दक्षिण अफ्रिका र समूह एफबाट फ्रान्ससँगै जमैकाले अन्तिम १६ को टिकट काटे । ब्राजिल र अर्जेन्टिना भने समूह चरणमै रोकिए । 
 

Logo