गरिबी हटाउने योजनाको डीपीआर बनाउन खोज्दा ओलीले रोकेः घनश्याम भुसाल

गरिबी हटाउने योजनाको डीपीआर बनाउन खोज्दा ओलीले रोकेः घनश्याम भुसाल

केन्द्रबिन्दु
0
Shares

नेपाल कम्युनिष्ट पार्टीका महासचिव घनश्याम भुसालले केपी शर्मा ओलीको अवरोधको कारण मुलुकमा राजनीतिक अस्थिरता कायम भएको आरोप लगाएका छन्। 

समाजवादी इञ्जिनियरिङ एसोसिएशन नेपालको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै महासचिव भुसालले मुलुकबाट गरिबी हटाउँने आफूहरुको लक्ष्य र योजनाको डीपीआर बनाउन ओलीले नदिएको दाबी गरेका हुन्।  

उनले भने,‘राष्ट्रिय पुँजीको विकास गर्नु समाजवादको तयारी गर्ने हो। यसमा काम गर्नुपर्छ भन्ने हाम्रो विचार थियो तर ओलीले त्यो तर्फ जाने कुरा नजाने भन्नुभयो, अबको १० वर्षमा हामी गरिबी हटाउने र रोजगारी बढाउने हाम्रो लक्ष्यलाई ओलीले आफ्नो निजी स्वार्थले रोक्दा कम्युनिष्ट पार्टी र राजनीतिलाई समेत समस्यामा पार्नुभयो। आज राजनीतिक अस्थिरता किन छ भने हामीले भने अनुसार योजनाको डीपीआर बनाउँन र लागूगर्ने बाटोलाई ओलीले रोकेकोले भएको हो।’ समाज परिवर्तन गर्ने हो भने युवाहरुलाई अगाडि बढाउनुपर्ने बताउँदै अग्रगामी चेतना भएको व्यक्ति ४ जना भएपनि अगाडि बढ्न बढि संख्या नचाहिने पनि भुसालले प्रष्ट पारे।

उनले भने,‘एउटा राम्रो अभियान सुरु गर्न सक्यौं भने ५ वर्षमा हामी कृषिको क्रान्ति भनेका कुराहरु सम्पन्न गर्छौँ। त्यसले उद्योगका लागि राम्रो आधार पनि तयार पार्छ। यसले हामीलाई सक्षम बनाउँन सक्छ। राम्रो तरिकाले लाग्ने हो भने १० वर्षमा देश बनाउँन सक्छौ र तर जब ओलीले संसद विघटन गरेपछि हामी स्थिर भएर लाग्न सक्या छैनौँ।’ ७ महिनाभित्रमा समाजवादी पार्टीलाई आफुहरुको एजेण्डा वरिपरि ल्याउँन सम्भव हुने उल्लेख गर्दै उनले माओवादको परिभाषाले आजको नेपाली समाज नबन्ने बताए। 

Logo