इमरान खान पक्राउ, सुनाइयाे ३ वर्षको जेल सजाय

इमरान खान पक्राउ, सुनाइयाे ३ वर्षको जेल सजाय

केन्द्रबिन्दु
0
Shares

पाकिस्तानका पूर्वप्रधानमन्त्री तथा तेहरिक–ए–इन्साफका अध्यक्ष इमरान खानलाई ट्रयाल कोर्टले गैरकानूनी रूपमा सरकारी उपहार बेचेको अभियोगमा तीन वर्षको जेल सजाय सुनाएको छ । साथै एक लाख रुपैयाँ जरिवाना पनि तोकेको छ । खानलाई निर्वाचन कसुरको धारा १७४ अन्तर्गत दोषी ठहर गरेको हाे । 

यस प्रकरणमा पाकिस्तानको निर्वाचन आयोगले खानविरूद्ध मे १०मा उजुरी दिएको थियो।

साथै खानलाई शनिबार लाहोरस्थित निवासबाट पक्राउ गरिएको पाकिस्तानी समाचार संस्था डन न्युजले जनाएको छ । उनलाई कोट लखपत जेल लगिएको बताइएको छ । योसँगै इमरानले पाँच वर्ष चुनाव लड्न अयोग्य हुने पनि समाचारहरुमा उल्लेख छ । 

Skip This
Skip This
Logo