एनआईसी एसिया बैंकको मुनाफा ४ अर्ब ६५ करोड

एनआईसी एसिया बैंकको मुनाफा ४ अर्ब ६५ करोड

केन्द्रबिन्दु
0
Shares

एनआईसी एशिया बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार कम्पनीको ४ अर्ब ६५ करोड १३ लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी ९.६० प्रतिशतले बढेर १२ अर्ब ३७ करोड ११ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको उक्त आम्दानी ९.६० प्रतिशत रहेको थियो।जुन अघिल्लो आर्थिक वर्षको भन्दा १०.३५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा बैंकको मुनाफा ४ अर्ब २१ करोड ४९ लाख रुपैयाँ रहेको थियो।

अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ अर्ब ९६ करोड ५२ लाख रुपैयाँ संचालन नाफा गरेको बैंकले गत आर्थिक वर्षको सोहि अवधिमा उत्त, नाफा १४.४५ प्रतिशतले बढेर ४ अर्ब ६५ करोड १३ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिमा रिजर्भ कोष रिजर्भ कोष ४६.०४ प्रतिशतले बढेर १४ अर्ब ३८ करोड ८४ लाख रुपैयाँ, चुक्ता पुँजी ११ अर्ब ५६ करोड ४० लाख रुपैयाँ, वितरणयोग्य नाफा ३ अर्ब ६९ करोड ८८ लाख ३४ हजार रुपैयाँ, खराब कर्जा ०.८ प्रतिशत रहेको छ ।

Skip This
Skip This
Logo