नम्बर वान नबिल, ७ अर्ब ५२ करोड नाफा

नम्बर वान नबिल, ७ अर्ब ५२ करोड नाफा

केन्द्रबिन्दु
0
Shares

नबिल बैंकले ७ अर्ब ५२ करोड नाफा कमाउन सफल भएको छ। बैंकले सबै भन्दा धेरै ७ अर्ब ५२ करोड रुपैयाँ नाफा कमाएकाे हाे।

आर्थिक बर्ष २०७९/८० को चौँथो त्रैमासिकको अपरिस्कृत वित्तिय विवरण अनुसार नबिलले सबै भन्दा धेरै नाफा बढाउने बैंकका सूचिमा पनि आफूलाई नम्बर वानमा राखेकाे  छ। नबिलले गत आवको असार मसान्तसम्ममा ७८.९४ प्रतिशतले नाफा वृद्धि गर्न सफल भएको छ।

२०७९ असार मसान्तसम्ममा ४ अर्ब २५ करोड नाफा आर्जन गरेको बैंकले २०८० असार मसान्तसम्म आईपुग्दा ३ अर्ब २७ करोड रुपैयाँले नाफा वृद्धि गरेको हो। नबिल बैंकलाई एक्वायर गरेको नबिलले त्यसको भरपुर लाभ उठाउन सफल भएको देखिन्छ। नबिलले गत आवमा वितरण योग्य नाफा नै ३ अर्ब ९६ करोड रुपैयाँ आर्जन गरेको छ, जुन २०७९ असार मसान्तमा २ अर्ब ८९ करोड रुपैयाँ मात्रै थियो । 

२७ अर्ब ५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा २७ अर्ब ७ करोड रुपैयाँ रहेको छ। बैंकले गत आर्थिक वर्षमा ३ खर्ब ९६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेर ३ खर्ब ३२ अर्ब रुपैयाँ कर्जा प्रवाह गरि १७ अर्ब ९८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।

नबिलको खराब कर्जा ३.२० प्रतिशत कायम हुँदा सो वापतको लोन लस प्रोभिजनका लागि ३ अर्ब ८८ करोड रुपैयाँ छुट्याएको छ। बैंकको प्रति सेयर आम्दानी २७.८२ पुगेको छ। 

Logo