लक्ष्मी सनराइजको नाफा झण्डै ५० प्रतिशतले वृद्धि

लक्ष्मी सनराइजको नाफा झण्डै ५० प्रतिशतले वृद्धि

केन्द्रबिन्दु
0
Shares

लक्ष्मी सनराइज बैंकको नाफा झण्डै ५० प्रतिशतले वृद्धि भएको छ। सबैभन्दा पछिल्लो मर्जर गर्ने लक्ष्मी सनराइजले गत आर्थिक बर्षको असार मसान्त अवधीमा आफ्नो नाफा ४९.६६ प्रतिशतले वृद्धि गरेर २ अर्ब २६ करोड रुपैयाँ पुर्‍याएको हो।

२०७९ असार मसान्तमा बैंकको नाफा एक अर्ब ५१ करोड रुपैयाँ मात्रै थियो। लक्ष्मी बैंक र सनराइज बैंकले एक बराबर एक कित्ताको स्वाप रेसियोमा मर्ज भई असार २९ गतेदेखि लक्ष्मी सनराइज बैंकका नामबाट एकिकृत कारोबार आरम्भ गरेका थिए।

बैंकको वितरण योग्य नाफा एक अर्ब ९३ करोड रुपैयाँ रहको छ। २१ अर्ब ६७ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकका लगानीकर्ताले गत आवको नाफाबाटै ८.९० प्रतिशत लाभांश पाउन सक्छन्। बैंकको जगेडा कोषमा १४ अर्ब रुपैयाँ रहेको छ।

बैंकले गत आवको असार मसान्तसम्ममा २ खर्ब ९६ अर्ब निक्षेप संकलन गरेर २ खर्ब ५३ अर्ब कर्जा प्रवाह गरि ५ अर्ब ५० करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको देखिन्छ। बैंकको प्रति सेयर आम्दानी १३.८८ रुपैयाँबाट बढेर १९.४४ रुपैयाँ पुगेको छ। बैंकको नेटवर्थ भने १७३.५५ रुपैयाँ छ। 

Logo