१० दिने अभियान लिएर पार्टी र संगठन सुदृढीकरण गर्न हेतु गाउँ पस्यो काँग्रेस

१० दिने अभियान लिएर पार्टी र संगठन सुदृढीकरण गर्न हेतु गाउँ पस्यो काँग्रेस

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ दल नेपाली काँग्रेस पार्टी संगठन सुदृढीकरण गर्न शनिबारदेखि हेतु  गाउँ पसेको छ।

गाउँगाउँमा काँग्रेस भन्ने १० दिने अभियान सुरु गर्दै सांगठनिक सुधारका लागि काँग्रेसले गाउँगाउँमा पुगेर पार्टीलाई क्रियाशिल र लथालिङ्ग रहेको संगठनहरुलाई सुदृढ गर्न लागि परेको हो। 

काँग्रेस महाधिवेशन भएको ६ महिनाभित्र पार्टीका सबै निकायलाई पूर्णता दिइसक्नुपर्ने काँग्रेसले डेढ वर्ष बित्दा पनि त्यो काम गर्न सकेको छैन। दश दिने अभियान मार्फत पार्टी सभापति शेरबहादुर देउवाको १८ बुँदे निर्देशन बोकेर जिल्ला जिल्ला पुगेका केन्द्रीय प्रतिनिधिहरूले हिजोबाट १० दिने अभियाननै सुरु गरेका छन्।

काँग्रेस केन्द्रीय तहका नेता नै सरिक हुने उक्त १० दिने अभियानमा काँग्रेसको केन्द्रीय प्रतिनिधिहरु १६५ वटै निर्वाचन क्षेत्रमा पुगेर विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने काँग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले जानकारी गराए। 

शनिबार काठमाडौँमा उक्त दश दिने अभियानको सुरुवात गर्दै सहमहामन्त्री आङ्देम्बेले काँग्रेसमा पुस्तान्तरण र रूपान्तरणका एजेन्डामा तन्नेरी र बाबु पुस्ताबीच लडाइँ चलिरहेको स्वीकारे।

आङ्देम्बेले भने,‘अहिले बाबु पुस्ताले नेतृत्व गरिरहेको छ। अर्को पुस्ता ५५ वर्ष उमेर भन्दा मुनिको छ, जसले आफूलाई युवा भन्छ,ले हस्तक्षेपकारी भूमिका देखाउन खोजिरहेको छ।’

अभियानमा काँग्रेसका प्रतिनिधिले १६५ वटै निर्वाचन क्षेत्रमाजाने तथा  जिल्लामा खटिएका नेताहरूबाट पार्टी संगठनको अवस्था,विधान अनुसार गठन हुनुपर्ने संरचना लगायत गठन भए नभएको,स्थानीय सरकार र पार्टीबीचको सम्बन्ध जस्ता विषयमा छलफल गरी संरचना निर्माण सहितका विषयमा सहजीकरण गर्नेछन्। 

त्यस्तै,केन्द्रीय प्रतिनिधिले भ्रातृ संस्था र शुभेच्छुक संस्थाहरूको अवस्थाबारे जानकारी लिने र छलफल गर्ने लगायतका क्रियाकलापमा सहभागि बनेर काँग्रेसको जिल्लादेखि स्थानीय तहको वास्तविकताबारे प्रतिवेदन तयार गर्ने बताइएको छ।

काँग्रेसको हालै सम्पन्न केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ गतेसम्म दोस्रो चरणको राष्ट्रिय अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको थियो। १० दिने काँग्रेस अभियान साउन ३० गतेसम्म चल्नेछ।

Skip This
Skip This
Logo