माओवादी केन्द्रीय समिति बैठक सकिँदै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने

माओवादी केन्द्रीय समिति बैठक सकिँदै, आज अध्यक्ष प्रचण्डले जवाफ दिने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँदैछन्। गत बुधबारदेखी जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले जवाफ दिने कार्यक्रम रहेको छ। 

हालसम्म माओवादीका झन्डै २ सय केन्द्रीय सदस्यहरुले धारणा राखिसकेका छन्। पार्टी नेतृत्वको चर्को आलोचनासहित नेताहरुको सम्पति छानबिनसम्म बहस भएका छन्। मंसिरमा गर्ने भनिएको विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, पार्टी नेतृत्वको सरकारले गरेका काम कारबाहीका बारेमा मुख्य गरी बैठकमा छलफल भइरहेका छन्।

सो बैठकमा ३८५ जना केन्द्रीय समिति सदस्य, १९८ जना वैकल्पिक सदस्य,केन्द्रीय आयोगका ७५ जना र प्रदेश पदाधिकारीबाट १०० जना गरी जम्मा ७५८ सहभागी भइरहेको माओवादी केन्द्रीय कार्यालयले जनाएको छ।

Skip This
Skip This
Logo