सर्लाहीमा बेवारिसे अवस्थामा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मलंगवा नगरपालिका-९ स्थित श्रीमती कृष्णदेवी माध्यमिक विद्यालयमा पहिचान नखुलेका अन्दाजी २२ वर्षीय युवकको शव फेला परेको हो ।
शनिवार विद्यालय बन्द भएको र आइतबार बिहान स्कुल पुगेका स्थानियले विद्यालय भवनको बरन्डामा शव देखा परे पछि उनीहरुले प्रहरीलाई खबर गरेका थिए। सो घटनापछि घटनास्थलबाट शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएको सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी दीपेन्द्र पजियार थारुले जानकारी दिए।
उनका अनुसार मृतकको शवमा कुनै प्रकारको घाउचोट देखिएको छैन र कसैले अन्यत्र नै हत्या गरेर फालेको हुनसक्ने देखिएकाले थप छानबिन तथा अनुसन्धान भइरहेको छ।































प्रतिक्रिया