उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतबारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन्।
संवैधानिक परिषद्बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतबारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन्।
बिहीबार बसेको संवैधानिक परिषद् बैठकले प्रधानन्यायाधीशमा श्रेष्ठको नाम सिफारिस गर्दै सुनुवाइका लागि संसदीय सुनुवाइ विशेष समितिमा पठाएको थियो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेमा राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीश नियुक्त गर्नेछन्।





























प्रतिक्रिया