धरानमा डेंगु लागेर थप एक जनाको मृत्यु

धरानमा डेंगु लागेर थप एक जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धरान उपमहानगरपालिकामा डेंगुबाट थप एक जनाको मृत्यु भएको छ। याे सँगै डेंगुबाट मृत्यु हुनेको संख्या ९ पुगेको छ।

धरान उपमहानगरपालिकाका महाशाखा प्रमुख उमेश मेहताका अनुसार ३५ बर्षीय महिलाको उपचारको क्रममा विराट नर्सिङ होममा साउन १८ गते मृत्यु भएको हो।

धरान १३ का वडाअध्यक्ष नेत्र काफ्लेका अनुसार मृतक पछिल्लो समय भेडेटारमा होटल सञ्चालन गर्ने गरेका थिए। काफ्लेका अनुसार मृतक धरान १४ का बासीन्दा हुन्।

Logo