विवादमा परेपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ चलाएको एम्बुलेन्स

विवादमा परेपछि रास्वपाले फिर्ता गर्‍यो ‘मोबाइल क्लिनिक’ चलाएको एम्बुलेन्स

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले चितवनमा सञ्चालनमा ल्याएको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

६५ वर्षभन्दा माथिका वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ्य उपचार गर्ने भनेर रास्वपाले सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स फिर्ता गरेको हो । 

रास्वपा सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट विजयी भएको १ सय दिन पुगेको अवसरमा यही १७ साउनदेखि मोबाइल क्लिनिक सञ्चालनका लागि ल्याइएको कलेजको एम्बुलेन्सलाई गैरकानूनी रुपमा रंग परिवर्तन गरेको र ‘एम्बुलेन्स’ लेखेको मेटाएर ‘मोबाइल क्लिनिक’ लेखेको भन्दै विवादमा परेपछि फिर्ता गरिएको हो ।  

अब अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिक चलाउने रास्वपाले तयारी गरेको छ ।

Skip This
Skip This
Logo