दलहरुप्रति मन्त्री किरातीकाे टिप्पणी-‘टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन्’

दलहरुप्रति मन्त्री किरातीकाे टिप्पणी-‘टाउको दुखेको औषधि नाइटोमा लगाइरहेका छन्’

केन्द्रबिन्दु
0
Shares

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शक्तिमा पुगेपछि मानिस भूपि शेरचनले लेखेको कविता ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ जस्तो हुने बताएका छन।

आज काठमाडौँमा आयोजित बिसे नगर्ची बिशेषाङ्क बिमोचन समारोहलाई सम्बोधन गर्दै मन्त्री किरातीले टाउको दुखेको औषधि नाइटोमा लगाउने दलहरुको प्रवृति पनि उस्तै रहेको बताएका हुन्। 

उनले भने,‘टाउको दुखेको औषधि नाइटोमा लगाईरहेका छन् त्यसैले जुनसुकै पार्टी जुन सुकै व्यक्ति कुर्सीमा पुगेपछि भूपि शेरचनको कविता जस्ते मान्छे घुम्ने कुर्सीमाथि बसिहरेको हुन्छ,अन्धो मान्छे जस्तो हुन्छ।’ 

मन्त्री किरातीले आमजनतालाई सहभागि गराएर चलाएको अभियान मात्र सफल हुने बताएका छन्। समाजवादमा कोही सानो ठूलो नहुने र यस्ता खालको बहस नेपाली समाजमा ओझेलमा परेको उनको भनाइ छ। 

Skip This
Skip This
Logo