पाटन दरबार स्क्वायरमा नगरप्रहरीको सक्रियताः मन्दिर क्षेत्रमा अवान्छित क्रियाकलाप प्रतिबन्ध

पाटन दरबार स्क्वायरमा नगरप्रहरीको सक्रियताः मन्दिर क्षेत्रमा अवान्छित क्रियाकलाप प्रतिबन्ध

केन्द्रबिन्दु
0
Shares

ललितपुर महानगरपालिकाले पाटन दरबार स्क्वायरका मन्दिरमा हुने अवान्छित क्रियाकलापमा रोक लगाएको छ ।

नगर प्रहरी प्रमुख सीताराम हाछेथुले, पाटनका पुरातात्विक क्षेत्रमा बस्न र अनैतीक क्रियाकपालप गर्न रोक लगाइएको जानकारी दिए । मन्दिर परिसरमा बस्नेहरुले विकृति फैलाउने खालका गतिविधि गरेकाले रोक लगाइएको हाछेथुको भनाई छ । 

उनले भने, ‘यो विश्व सम्पदा क्षेत्र हो। यो क्षेत्रमा केटाकेटीहरु आएर अनैतिक क्रियाकलाप गर्ने चिया खाने यहीँ फाल्ने र यहाँ बस्दा खेरी यहाँका बहुमुल्य भगवानका चिजहरु सबै बाङ्गो टिङ्गो बनाएर खुट्टाले हानेर सबै बिगारेको छ । त्यसैको सुरक्षाको लागी हामी ललितपुर महानगरपालीकाले यस्तो नियम बनाएको हो ।’ 

गत शनिबारदेखि यो नियम लगाइएपनि आजदेखि थप कडाईका साथ लागु गर्न लागिएको उनले बताए । ‘यो सबैको साझाँ सम्पति भएकोले यो नियम सबैले मान्नै पर्छ । यो पूर्खाले बनाएको  सम्पत्तिलाई सुरक्षा दिनु हामी सबैको जिम्मेवारी हो । हामीले यो नियम अस्ति शनिबार देखि लागु गरेका हौं । त्यो भन्दा अगाडी यो क्षेत्रलाई लभर पोईन्टको रुपमा प्रयोग गरिएको थियो । त्यसले गर्दा वरपरको छिमेकीहरुको कम्पेलन आउने गरेको थियो ।’

Skip This
Skip This
Logo