नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशले नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरिरहेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित नेपाल बुद्धिजीवी परिषद्को विचार गोष्ठी कार्यक्रममा अध्यक्ष ओलीले देशमा माग अनुसारको आपूर्ति गर्न नसकेको अवस्थामा नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरिरहेको भन्दै उर्जा बेच्याैँ भन्ने कुरा निरर्थक भएको तर्क गरे ।
उनले भने,‘अहिलेको अवस्था विद्युत निर्यात गरिरहेका छौँ भने हाम्रो माग अनुसारको आपूर्ति गर्न सकेका छैनौँ । नक्कली ढङ्ले विद्युत बचत छ भनेर निर्यात गरीरहेका छौं किनकी थूप्रै उद्योगहरुले विद्युत पाएका छैनन् । आवश्यक अनुसारको पाउनु पर्ने पाएका छैनन् । त्यस अनुसारको माध्यम नभएर पनि पाएका छैनौं । यस्तो अवस्थामा हामीले उर्जा बेचेउ भन्ने कुरा निरर्थक छ । धेरै नोक्सान सहेर बेचेका छौं ।’
अध्यक्ष ओलीले प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केहि छलफल नगरी गएर खुर्केट कर्णाली सुम्पिएर आएको आरोप लगाए । उनले भने,‘प्रधानमन्त्रीले भारत भ्रमणको समयमा कस्ता नीतिको साथ जान लागेको केके छ योजना केही भन्नुभएन केहि छलफल नगरी खुर्केट कर्णाली सुम्पिएर आउनु भयो ।’
उनले विद्युत प्रयोग जो कोहीले पनि गर्न पाउने तर नियन्त्रण आफ्नो देशको हुनुपर्ने धारणा राखे ।































प्रतिक्रिया