देश सिस्टममा चल्यो भने निराशाहरु आशामा परिणत हुन्छन् -सांसद पौडेल

देश सिस्टममा चल्यो भने निराशाहरु आशामा परिणत हुन्छन् -सांसद पौडेल

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले देश सिस्टममा अगाडी बढ्यो भने निराशाहरु आशामा परिणत हुने टिप्पणी गरेका छन् । 

बिहीबार अन्तर्राष्ट्रिय युवा दिवस–२०२३ का अवसरमा राष्ट्रिय यूवा परिषद्द्धारा आयोजित युवा र उद्यमशीलता विषयक बहस कार्यक्रममा उनले सुशासन एउटा कायम हुन सक्यो भने यो धेरै समस्याको हल हुने भन्दै देश सिस्टममा अगाडी बढ्यो भने निराशाहरु आशामा बद्लिने विश्वास व्यक्त गरेका हुन् । 

उनले भने,‘ईमान्दार हुने प्रयास गरे सुशासन नभएकाले कारणले हामी भेग रुपमा छलफल गर्नुभन्दा सुशासन एउटा कायम हुन सक्यो भने यो धेरै समस्याको हल हुन्छ । देश सिस्टममा अगाडि बढ्यो भने निराशाहरु आशामा बढ्लिन्छ ।’

सुशासनलाई केन्द्रित गरेर सरकारले बजेट ल्याउन नसकेको गुनासो गर्दै उनले भने, ‘संसदमा बजेट विनियोजन शिर्षकमा छलफल गर्दा पनि भन्या थिए । बजेटमा नयाँ प्रोजेक्ट ल्याउनका लागि पैसा छैन् आर्थिक स्वाथ्यमा समस्या छ ।सुशासनलाई केन्द्रित गरेर सरकारले बजेट ल्याउन सकेको भए राम्रो हुने थियो ।’

Skip This
Skip This
Logo