व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।
बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको आरोप लगाएका हुन् । उनले भने,‘ सुनिल शर्मालाई फसाउँने शेरबहादुर देउवा पनि मिल्नु भएको छ ।
अर्थमन्त्रीको पूरा हात छ । म अर्थ मन्त्रीलाई के भन्छु भने सुनिल शर्माको मुख थुनेर केहि हुनेवाला छैन् । मिनबहादुर जस्ता दुर्गाप्रसाई जस्ता मानिसहरु धेरै छन् ।’ उनले मारवारीसँग सहकार्य गरेर तस्करी गर्ने र नेपाली व्यापारीलाई देशबाट खेद्ने रणनीति नेपाली कांगे्रसको रहेको जिकिर गरे ।
सीआईबीले सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र छानबिनका लागि विहिबार पक्राउ गरेको हो ।





























प्रतिक्रिया