माछा मार्न जाँदा अमेरिकन मेयरले फेला पारिन १५ करोडको कोकिन

माछा मार्न जाँदा अमेरिकन मेयरले फेला पारिन १५ करोडको कोकिन

केन्द्रबिन्दु
0
Shares

आफ्नो परिवारसँग माछा मार्ने क्रममा फ्लोरिडाको टम्पाका मेयर जेन क्यास्टरले पानीमा लगभग ७० पाउण्ड (३१.७ किलो) कोकेन फेला पारेकी थिइन्। जसको लागत करिब ११ लाख डलर (झन्डै १५ करोड नेपाली रुपैयाँ ) रहेको बताइएको छ । 

अमेरिकी सञ्चारमाध्यमका अनुसार त्यस कोकिनका बारे अहिले अनुसन्धान भईरहेको छ तर त्यो कोकिन कस्को हो ? र किन समुन्द्रको छेउमा छाडेर गएका थिए ? त्यो भने अझै पत्ता लाग्न सकेको छैन ।  फक्स १३ न्युजका अनुसार जेन क्यास्टरले गत जुलाई २३ मा फ्लोरिडाको कीजमा एक दिन बिदाको मजा लिदै थिइन्। त्यही समयमा उनको परिवारका एक सदस्यले एट्लान्टिकमा केही तैरिरहेको देखे। सुरुमा उनीहरूले सोचे कि यो कुनै चीजको छाया हो वा समुद्रमा केही साना माछाहरू छन्। मेयरको परिवारका एक सदस्यले फक्स १३ न्यूजलाई भने कि जब उनीहरूले नजिकबाट हेरे, त्यो कोकिनको बन्डल थियो।

क्यास्टरले आफ्नो डुङ्गामा कोकिनको बन्डल बोकेको थियो, जुन लगभग माइक्रोवेभ ओभनको आकारको थियो। कोकिनको यो बन्डल प्लास्टिकको तहले कडा रूपमा प्याक गरिएको थियो, २५ इटाहरू भित्र भरिएको थियो र प्रत्येक इट्टामा बैजनी पुतलीको छाप लगाइएको थियो। यसपछि मोनरो काउन्टी सेरिफको कार्यालयमा फोन गरेर सबै जानकारी दिइयो र तत्काल जफत गरियो। गत जुलाई २४ मा अधिकारीहरूले सोशल मिडियामा यो घोषणा गरे। उनले सामाजिक सञ्जाल पोस्टमा लेखेका छन्, ‘सीमा गस्तीले मियामी सेक्टरमा ७० पाउण्ड कोकेन बरामद गरेको छ, यो फ्लोरिडाको कीजमा एक नाविकले पत्ता लगाएको थियो। कोकेनको मूल्य लगभग १.१ मिलियन डलर बराबरको छ । यससँगै उनले सो प्याकेजको तस्विर पनि सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

Skip This
Skip This
Logo