युवाको आवाजलाई सम्बोधन गर्छौः मन्त्री लिम्बु

युवाको आवाजलाई सम्बोधन गर्छौः मन्त्री लिम्बु

केन्द्रबिन्दु
0
Shares

युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले सरकारले देशभित्रै रोजगारीको सिर्जना गरेर युवालाई देश विकासमा लगाउने बताएका छन् ।

अन्तरर्राष्ट्रिय युवा दिवसका अवसरमा शुक्रबार राजधानिमा आयोजित युवा पदयात्रा कार्यक्रमको सुरुवात गर्दै मन्त्री लिम्बुले सरकारले युवाहरू आवाजलाई सम्बोधन गर्ने बताएका हुन् । युवाहरू समस्या सम्बोधन गर्न आफु प्रतिवद्ध रहेको जनाउँदै मन्त्री लिम्बुले भने,‘सबै मिलेर मात्रै देश विकास हुन्छ । मुलुकमा धेरै राजनीतिक परिवर्तन्हरु भएका छन् तर जनताको आधारभूत आवश्यकता पूर्ती हुन सकेन् भन्ने जुन खालको गुनासो छ । त्यसलाई सरकारले सम्बोधन गर्ने प्रयास गरिरहेको छ ।’ 

संविधानको माध्यमबाट थुप्रै कुराहरु सम्बोधन भइसकेको जनाउँदै युवा पुस्ता धेरै निरास हुनुपर्ने अवस्था नरहेको पनि उनले दाबी गरे । ‘युवाहरुको साथमा रहेर सँगसँगै अगाडि बढ्न चहान्छौ । सबै युवाहरुलाई लिएर अगाडि बढ्न, युवाको कुरा सुन्न तयार छौ,’उनले भने,‘ त्यसकारण निराश नभईकन यो देशको नेतृत्व हामीले गर्ने हो । विकास गर्ने हो । त्यसकारण दिगो विकास प्राप्तीका लागि जस्तो परिस्थितिमा पनि मिलेर जाने संकल्पलाई सरकारको तर्फबाट प्रविद्धता व्यक्त गर्न चहान्छु ।’

युवा नीति परिमार्जनका लागि गृहकार्य भइरहेको बताउँदै मन्त्री लिम्बुले भने,‘युवा नीति परिमार्जन गर्ने विषयमा अगाडि बढि रहेका छौ । युवालाई अगाडि बढाउने कार्यक्रमहरु पनि सुरु भईसकेका छौ। नीति परिमार्जन गर्ने विषयमा अगाडि बढेका छौ र त्यसमा केही थप्न आवश्यक भए सुझाव दिन पनि आग्रह गर्न चहान्छु ।’

Logo