नेकपा एमालेको अवरोधका कारण राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा सुन तस्करी प्रकरणको विषयमा छानविन समिति गठन गर्नुपर्ने अडान राख्दै एमालेले सदन अवरुद्ध गरेको हो । एमालेको अवरोधपछि स्थगित राष्ट्रिय सभा बैठक अब साउन ३१ गते दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी स्थगित भएको राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले बताए ।
यसअघि एमाले सांसद विमला राई पौडेलले छानविन समिति बनाउनु पर्ने माग अनुपयुक्त नभएको बताइन् । उनले भनिन् ‘नेपाल प्रहरीले नेपाल प्रहरीको सबै भन्दा ठूलो निकायमाथि अनुसन्धान गर्छ ? हामीलाई आश्वस्त पार्नुपर्याे । हामी आश्वस्त नभएसम्म छानविन समिति बनाउँदिन भन्नु अनुपयुक्त जस्तो मलाई लाग्दैन । लोकतन्त्रको सुन्दर पक्ष थुप्रै छन् तर गठबन्धनको आडमा शंकास्पद व्यक्तिहरुमाथि छानविन गर्नु हुँदैन् ढाकछोप गर्नुपर्छ प्रतिपक्ष कराउँदै गर्छ हामी बहुमतमा छौं भनेर जाँदै गर्ने हो भने गठबन्धन संस्कृति लोकतन्त्रको लागि घातक छ । र, सबैभन्दा कुरुपपक्ष बनेको छ ।’





























प्रतिक्रिया