दर्जनौँ सुपरहिट गीतहरूमार्फत दर्शक स्रोताको मन जितिसकेका गायक तथा संगीतकार अल्मोडा राना उप्रेतीको सुमधुर स्वरमा सजिएको 'चारकुने रुमाल'बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ।
यस गीतमा उनलाई रियालिटी शो द भ्वाइस अफ नेपालबाट चर्चामा आएकी गायिका सुरक्षा सेन्चुरीले स्वरमा साथ दिएकी छिन्। प्रेमिल शैलीको गीतमा प्रदीप पोख्रेलको शब्द छ भने टीका दाहालको संगीत रहेको छ। गीतमा स्वयं मगायक उप्रेतीको संगीत संयोजन रहेको छ।
गीतको भिडियोमा अभिनेत्री तथा मोडल प्रकृति श्रेष्ठ, कृतिका श्रेष्ठ र गायक उप्रेती फिचर्ड छन् । बल्लव उप्रेतीको निर्देशनमा भिडियो तयार पारिएको हो । 'लिजेन्स इन्टरनेशनलको एजुकेशन'को सहयोग रहेको गरिएको यस गीतको भिडियोलाई गायक उप्रेतीको अफिसिएल युट्युव च्यानल 'अल्मोडा राना उप्रेती'मार्फत सार्वजनिक भएको हो।
म्युजिक भिडियो दर्शक स्रोतालाई मनपर्ने कुरामा निर्माण टिम आशावादी रहेको छ।





























प्रतिक्रिया