सुन तस्करी प्रकरणः विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

सुन तस्करी प्रकरणः विमानस्थलबाट व्यापारी रोहन अडुकिया पक्राउ

केन्द्रबिन्दु
0
Shares

एक क्विन्टल सुन तस्करी प्रकरणमा व्यवसायी रोहन अडुकिया पक्राउ परेका छन् । भारतबाट काठमाडौं फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलबाट उनलाई पक्राउ गरिएको हो । 

राजस्व अनुसन्धान विभागले यही साउन ३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट ‘ब्रेक शु’मा हालेर ल्याइएको अन्दाजी एक सय किलो सुन बरामद गरेको थियो । अहिलेसम्म उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका १७ हिरासतमा छन् । यो अनुसन्धान तस्करीका मूल नाइकेसम्म अझै पुगेको छैन ।

उक्त प्रकरणमा एकजना प्रहरी उपरीक्षकको सहयोग लिएर विभाग आफैँले अनुसन्धान गरिरहेकामा आइतबार १८ दिनपछि अनुसन्धानको जिम्मा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)लाई दिइएकाे छ।

Skip This
Skip This
Logo