संसद अवरोधमा सत्तापक्ष नै अघि सर्नु खेदजनक छः सांसद पन्त

संसद अवरोधमा सत्तापक्ष नै अघि सर्नु खेदजनक छः सांसद पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले संसद अवरोधमा सत्ता पक्ष नै अघि सर्नु खेदजनक भएको टिप्पणी गरेका छन् । 

शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद पन्तले प्रतिपक्षी सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न नदिएकोमा आपत्ति जनाउँदै संसद चल्न नदिन सत्ता पक्ष अघि सर्नु खेद जनक कुरा रहेको बताएका हुन् । 

उनले भने,‘आज प्रतिपक्षको सांसद बोल्दा सत्ता पक्षकाले होहल्ला गरेर बोल्न दिएनन् । संसद चल्न नदिने कुरामा अघि पनि र आज पनि सत्ता पक्ष नै अघि सरेको छ । यो भन्दा अगाडिको संसदहरुमा यस्तो देखेको थिएन यो अत्यन्तै दु:ख लाग्दो र खेदजनक छ ।’

सांसद पन्तले सरकारलाई उच्चस्तरीय समिति गठन गर्न केले रोक्यो भन्दै प्रश्नसमेत उठाएका छन् । 

Skip This
Skip This
Logo