नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बिहीबार पक्राउ गरेपछि कांग्रेसका भ्रातृ संस्थाहरुले विरोध जनाएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब सय किलो सुन तस्करी प्रकरणमा नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले राजीनामा दिनुपर्ने माग गर्दै आएका सांसद शर्मा एकाएक पक्राउ परेपछि तरुण दल र नेपाल विद्यार्थी संघले विरोध जनाएकाे हाे ।
सुन तस्कर र भ्रष्टाचारीलाई जेल हाल्न भन्दा उल्टै झुटा मुद्दामा पक्राउ गरेको भन्दै दुवै संगठनले सांसद शर्मालाई तत्काल रिहा गर्न माग गरेका छन् । काठमाडौँ लगायतका विभिन्न ठाउँमा उनीहरूले विरोध प्रदर्शन गरेका छन् ।































प्रतिक्रिया