संसदमै अनसन बस्ने तयारीपछि सांसद शर्मालाई पक्राउ गरियोः रघुजी पन्त

संसदमै अनसन बस्ने तयारीपछि सांसद शर्मालाई पक्राउ गरियोः रघुजी पन्त

केन्द्रबिन्दु
0
Shares

नेकपा एमालेका सांसद रघुजी पन्तले सांसद सुनिल शर्मालाई सुन प्रकरणलाई लिएर संसद भवनमा अनसन बस्छु भनेपछि पक्राउ गराईएको दावी गरेका छन् । 

शुक्रबार प्रतिनिधसभाको बैठक अवरोधपछि सञ्चारकर्मीहरुसँग सांसद पन्तले वकिलहरुले समेत दुई वर्ष म्याद नाघिसक्यो भनिसकेको अवस्थामा पक्राउ गर्नुमा ठूलो आशंका रहेको बताएका हुन् । अर्थमन्त्री र गृहमन्त्रीको विरुद्धमा समेत अनसन बस्छु भनेपछि यतिखेर आएर सांसद शर्मा पक्राउ परेको प्रष्ट भएको पनि उनको भनाई थियो । 

उनले भने,‘उहाँ दोषी देखिनु भएको छ भने हाम्रो भन्नु केहि पनि छैन् । तर मैले वकिलहरुको केहि साथीहरुको कृुरा गराईबाट उहाँको म्याद नाघिसक्यो । दुई वर्ष म्याद नाघिसक्यो, अहिले जे कारणले कारबाही गर्‍यो यहि सुन काण्डलाई लिएर म अनसन बस्छु संसदमा भनेको कारणले हो, त्यसमाथिअर्थमन्त्रीका साथै गृहमन्त्रीको विरुद्धमा पनि अनसन बस्छु भनेकोले पक्राउ गरेकोमा ठूलो आशंका छ ।’ 

Skip This
Skip This
Logo