काठमाडौं उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

काठमाडौं उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं उपत्यकामा ३० जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा एक जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

हालसम्म उपत्यकाका काठमाडौंमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जना संक्रमित देखिएका छन् । पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

त्यस्तै आजमात्रै १ सय ३२ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

Logo