सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

सांसद सुनिल शर्मालाई थुनामुक्त गर्न अदालतकाे आदेश

केन्द्रबिन्दु
0
Shares

नेपाली कांग्रेसका सांसद सुनिल शर्मा थुनामुक्त भएका छन् । 

शुक्रबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश दन्डपाणी शर्माको इजलासले पक्राउ परेका सांसद शर्मालाई थुनाका लागि म्याद लिन पुगेको सरकारी वकिललाई थुनामा राख्न नपर्ने आदेश दिएको हो । अदालतमा उपस्थित गराएपनि बहसपछि उनलाई थुनाबाहिर राखेर अनुसन्धान गर्न साधारण तारिखमा रिहा गर्न नेपाल प्रहरीकाे नाममा आदेश जारी भएकाे छ । 

मोरङ क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बिहीवार गोल्फुटारबाट शैक्षिक प्रमाणपत्र शंकास्पद रहेकोमा अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिएको थियाे । सुन तस्करी प्रकरण बाहिरिएपछि नैतिकताका आधारमा गृहमन्त्री र अर्थमन्त्रीले  राजीनामा दिनुपर्ने आवाज उठाउँदै आएका सांसद शर्मालाई एकाएक समातिएकाेमा कांग्रेसकै कतिपय नेताहरुले प्रतिशोध साँध्न पक्राउ गरेको टिप्पणी गरेका थिए । विराेध प्रदर्शनसमेत भएकाे थियाे । 

Skip This
Skip This
Logo