आइतबार मात्रै २ सय ९३ मा संक्रमण पुष्टि

आइतबार मात्रै २ सय ९३ मा संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । आइतबार मात्रै थप २ सय ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस ब्रिफिङमा दिएको जानकारी अनुसार थप २ सय ९३ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा २ सय ९३ जना संक्रमित थपिएको जानकारी दिए । अहिलेसम्म मुलुकभर संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ ।

त्यस्तै आजमात्रै १ सय ३२ जना कोरोनाबाट मुक्त भएर डिस्चार्ज भएका छन् । अहिलेसम्म ६ हजार ५ सय ४७ जना कोरोनाबाट निको भई घर फर्किएका छन् । देशभर कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका २५ प्रयोगशालामा ४ हजार ७ सय १० जनाको पीसीआर परीक्षण गरिएको छ । अहिलेसम्म देशभर साढे २ लाख बढीको पीसीआर परीक्षण गरिएको छ ।

Logo