नेपालमा काेराेना: पहिलाे ४ महिनामा ६ हजार, पछिल्लाे २० दिनमै ९ हजार

नेपालमा काेराेना: पहिलाे ४ महिनामा ६ हजार, पछिल्लाे २० दिनमै ९ हजार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ लकडाउन खुकुलो भएसँगै नेपालमा २० दिनमै ह्वात्तै बढेको छ । नेपालमा दुई जना मात्रै संक्रमित हुँदा सरकारले गत चैत ११ देखि लकडाउनको घोषणा गरेको थियो । तर, अहिले दैनिक ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । यति हुँदा पनि सरकारले प्रभावकारी योजना बनाउन सकेको छैन । जेठ २८ मा बसेको मन्त्रिपरिषद्को बैठकले जेठ ३० देखि जोर विजोर प्रणालीमा सवारी साधन चलाउन दिने निर्णय गरेको थियो । भने, असार १ बाट सरकारी कार्यालय सुचारु गर्ने निर्णय गरेको थियो । सरकारी कार्यालय सुचारु भएको दिन असार १ यतादेखि २० दिनमा देशभर ९ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । त्यस्तै असार १० मा संक्रमितको संख्या १० हजार नाघेको थियो ।

शुक्रबार हालसम्मकै धेरै ७ सय ४० जनामा संक्रमण पुष्टि भएको थियो । यो समाचार तयार पार्दासम्म कूल संक्रमितको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । भने ३४ जनाको कोरोनाकै कारण ज्यान गएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक हेर्ने हो भने प्रदेशगत विवरणमा प्रदेश २ र ५ मा सबैभन्दा बढी संक्रमित भेटिएका छन् । मन्त्रालयका अनुसार प्रदेश १ मा ६ सय ८६, प्रदेश २ मा ४ हजार ८३, वाग्मतीमा ५ सय २५, गण्डकीमा १ हजार १ सय ३३ र प्रदेश ५ मा ३ हजार ९ सय ४२ जना संक्रमित छन् । यस्तै, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० र सुदूरपश्चिममा ३ हजार ५ सय ८३ जनामा संक्रमण देखिएको छ । मनाङ र मुस्ताङमा एक एक जना संक्रमित रहेका छन् । भने सबैभन्दा बढी रौतहटमा १ हजार ४ सयभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

जनस्वास्थ्यविद् तथा विश्व स्वास्थ्य संगठनले नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्ने अवस्था नजिकिएको बताइरहेका छन् । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समिति (सीसीएमसी) ले प्रभावकारी काम गर्न नसकेको जनस्वास्थ्यविद्को भनाइ छ । असार १ मा ४ सय ५१ ज्नामा संक्रमण पुष्टि भएसँगै कूल संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको थियो । त्यसपछिका २० दिनमा संक्रमणको संख्याले तीव्र गति लियो ।

संक्रमणको दर बढ्नुको कारण परिक्षणको दायरा बढ्नु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो समय तीव्र संक्रमण देखिनुको कारण व्यापक परीक्षण भएको बताएका छन् । पछिल्लो समय संक्रमणका साथै पूर्ण रुपमा निको हुनको संख्या पनि बढेको प्रवक्ता गौतमले बताए । उनले भने–‘असार महिना लागेसँगै संक्रमितको संख्या ९ हजार बढी थपिनुको कारण व्यापक परीक्षण नै हो ।’
पछिल्लो समय काठमाडौंमा संक्रमितको संख्या बढ्यो नि ? भन्ने केन्द्रबिन्दुको प्रश्नमा प्रवक्ता गौतमले ३ महिना अघिदेखि नै मन्त्रालयले काठमाडौं कोरोनाको हटस्पट बन्न सक्ने भन्दै सचेत गराएको बताए । काठमाडौं जस्तो बढी जनसंख्या भएको स्थानमा संक्रमण फैलिने जोखिम धेरै हुने भएकाले सरकारी संयन्त्रका साथै आम सर्वसाधरण पनि सचेत हुनुपर्नेमा प्रवक्ता गौतमको जोड छ ।

Skip This
Skip This
Logo