मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीकाे निर्णय

मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने माओवादीकाे निर्णय

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ । 

आइतबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकले मन्त्री मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको हो । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन माओवादीले उक्त कदम चालेको हो । 

अब जनमतकी नेतृ अनिता देवी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बन्ने बताइएको छ । यससँगै भागबण्डा नमिलेर एकपटक सरकारबाट बाहिरिसकेकाे जनमतको फेरि सत्तामा प्रवेश निश्चित भएको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई समेत फिर्ता बोलाउने चर्चा भएपनि तत्काललाई कुनै निर्णय नलिइएकाे बैठकमा सहभागी एक पदाधिकारीले जानकारी दिए ।

Skip This
Skip This
Logo