रूसी हमलामा २३ दिनकी युक्रेनी बालिकाको मृत्यु

रूसी हमलामा २३ दिनकी युक्रेनी बालिकाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

रूस र युक्रेनबीच डेढ वर्षदेखि चलिरहेको भीषण युद्ध अझै रोकिएको छैन। दुवैतर्फबाट तीव्र हमला भइरहेको छ। पछिल्लो समय युक्रेनले पनि आक्रामक मनोवृत्ति देखाएको छ। जसका कारण रुस स्तब्ध भएको छ।

युक्रेनको आन्तरिक मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार रुसले युक्रेनको दक्षिणी खेरसन क्षेत्रमा मिसाइल प्रहार गरेको छ। जसमा कुल सात जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा २३ दिनकी एक बालिका पनि सामेल छन्।

रोयटर्सले युक्रेनको मन्त्रालयलाई उद्धृत गर्दै नीपर नदीको किनारमा रहेको शिरोका बाल्का गाउँमा रुसी पक्षबाट भीषण गोलीबारी हुँदा एकै परिवारका चारजनासहित पाँच जनाको मृत्यु भएको जनाएको छ।

रिपोर्टका अनुसार मृत्यु हुनेमा श्रीमान्, श्रीमती, १२ वर्षीय बालक र २३ दिने बालिका रहेका छन्। यसबाहेक छिमेकी गाउँ स्टानिस्लाभमा दुई जनाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएका छन्।

रुसी आक्रमणपछि खेरसनका क्षेत्रीय गभर्नर ओलेक्सान्डर प्रोकुडिनले आइतबार रुसी आक्रमणमा तीन जना घाइते भएको बताएका छन्। योसँगै कुल सात जनाको मृत्यु भएको छ। २३ दिनमा बालिकाको मृत्यु भएकोमा शोक व्यक्त गर्दै गभर्नरले यो हमलाले रुसको आतंकवादी मानसिकता झल्काउने बताए।

Logo