पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध

पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध

केन्द्रबिन्दु
0
Shares

केही दिनदेखि लगातार परेको अविरल वर्षापछि खसेको पहिरोले बेनिघाट-आरुघाट सडकखण्ड अवरुद्ध भएको छ।

उक्त सडक खण्डअन्तर्गत पर्ने गोरखाको गण्डकी गाउँपालिका-४ ढावेस्थित दीपा पहरो भन्ने स्थानमा आइतबार साँझपख पहिरो खसेको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सिनाले जानकारी दिए । 

पहिरोले बेनिघाट आरुघाट सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको उनले बताए। सडक माथिबाट ठूला-ठूला ढुंगासहितको पहिरो खसेको स्थानीयले जानकारी दिएको उनले बताए ।

पहिरोले दुईतर्फी सडक अवरुद्ध भएपछि सवारी साधान आउजाउ ठप्प भएका छन्। सडक अवरुद्ध भएपछि आरुघाट, घाटबेँसी, बेनिघाट हुँदै डौं ओहोर-दोहोर गर्ने सवारी साधन चल्न सकेका छैनन्।

बोलेरोलगायतका निजी तथा भाडाका सवारी साधन पनि पूर्णरुपमा रोकिएको उनले बताए। अवरुद्ध सडक हटाउन आवश्यक पहल भइरहेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिए। 

Logo