जनमत पार्टीकी सांसद अनितदेवी साहले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीको शपथ लिएकी छन्। शितल निवासस्थित राष्ट्रपति कार्यालयमा बिहान १०ः०० बजे उनले पद तथा गोपनियताको सपथ लिएकी हुन्।
मंसिरमा भएको प्रदेश र प्रतिनिधिसभा निर्वाचनबाट उदाएको राष्ट्रिय जनमत पार्टी पछिल्लो नौ महिनामा दोस्रो पटक सरकारमा सहभागि हुँदैछ। पुष्पकमल दाहाल नेतृत्व सरकारमा पुसमा सहभागि भएको जनमत पार्टी चैतमा बाहिरिएको थियो।
आफूले खोजेको उद्योग मन्त्रालय नपाएपछि सरकारबाट बाहिरिएको जनमत चार पहिनापछि सरकारमा सहभागि हुने भएको हो।
अनितालाई सरकारमा सहभागि गराउन माओवादी केन्द्रले पार्टी नेता अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएको छ।
तत्कालिन खानेपानी मन्त्री अब्दुल खानले आफूले पाएको खानेपानी मन्त्रालयप्रति असन्तुष्टि जनाउदै २०७९ चैतमा राजिनामा गरेका थिए। मन्त्रीमण्डल पुनगर्ठनमा प्रधानमन्त्रीले उनलाई पुन खानेपानीमै राखेपछि जनमत असन्तुष्ट भएको थियो। त्यति बेला जनमतले उद्योग या कृषि मन्त्रालय मागेको थियो।
प्रधानमन्त्रीले जनमतलाई सुरुमा मागेको मन्त्रालय दिने आश्वासन दिएका थिए तर राष्ट्रपति कार्यालयमा नाम पठाउदा जनमतलाई पुन खानेपानीमै राखेका थिए। त्यसपछि जनमत असन्तुष्ट बनेको थियो।
सरकारको नेतृत्व गरिरहेको पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएसँगै जनमत पार्टीकी साह मन्त्री नियुक्त भएकी हुन्।































प्रतिक्रिया