‘विदेशमा नेपालमा श्रमशक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना’ -मन्त्री भण्डारी

‘विदेशमा नेपालमा श्रमशक्तिको बढ्दो आकर्षण रोक्न सामाजिक सुरक्षा योजना’ -मन्त्री भण्डारी

केन्द्रबिन्दु
0
Shares

श्रम तथा रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले विश्वबजारमा गइरहेको नेपाली श्रमिकलाई रोक्नपनि सामाजिक सुरक्षाको विषयलाई सरकारले प्राथमिकताका साथकार्यान्वयनगर्न जरुरी रहेको बताएका छन् । 

बुधबार अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराउन आयोजित विशेष कार्यक्रममा मन्त्री भण्डारीले सरकारले गरिबी निवारण र श्रम बजारमा श्रमिकको आर्कषणका लागि सामाजिक सुरक्षा योजना सार्वजनिक गरिएको बताएका हुन् । 

उनले भने, ‘सरकारले सामाजिक सुरक्षा योजना सार्वजनिक गर्नुको पछाडि केही आधारभूत मान्यताहरु छन् । खासगरी गरिबीनिवारणमा टेवा र श्रम बजारमाश्रम शक्तिको आर्कषण गर्नु नै हो ।’

नेपाली श्रमिकले सामाजिक सुरक्षा अभाव र न्यून ज्यालाका कारण नेपाली श्रमिकको विश्वबजारमा आर्कषण बढेको र नेपाली बजारमा श्रमिकको अभाव हुन थालेकोप्रति उनले चिन्ता व्यक्त गरे। ‘नेपाली श्रम बजारमा सामाजिक सुरक्षाको अभावले अत्यन्त न्यून ज्यालामा काम गर्ने श्रम शक्ति विश्वबजारमा जान बाध्य भएका छन् र नेपाली श्रम बजारमा श्रमशक्तिको अभाव देखिन थालेको छ । यी विषयहरुलाई समेत सम्बोधन गर्ने गरी सामाजिक सुरक्षाको योजनाहरुलाई परिमार्जित र विस्तार गर्दै लैजानुको विकल्प छैन् ।’ उनले भने ।

उनले अनौपचारिक क्षेत्र तथा स्वरोजगारमा रहेका श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आवद्ध गराएपछि श्रमिकको श्रमलाई व्यवस्थित गर्नसमेत सहज हुने उनको भनाई छ । ‘अनौपचारिक क्षेत्रका सबै श्रमिहरुलाई कोषमा आवद्ध गराउने गरीमुलत श्रमिकको नियुक्तिपत्र व्यवसायको कर चुक्ता प्रमाणपत्र संस्थान विकरणजस्ता विषयको कामगर्न सक्दा अनौपचारिक क्षेत्रलाई अपौचारिक बनाउन सहज हुन्छ ।’ उनले भने । 

Logo