युनिभर्सल पावरले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ६ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।
यो नाफा अघिल्लो वर्षको भन्दा ३३९.०३ प्रतिशतले धेरै हो । अघिल्लो वर्ष यसले १ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्ममा कम्पनीको कुल आम्दानी १८ करोड ९९ लाख रुपैयाँबाट बढेर ३४ करोड ४६ लाख रुपैयाँ पुगेको छ । कुल आम्दानी बढ्दा मुनाफा पनि बढेको हो । हाल युनिभर्सलको चुक्ता पुँजी २ अर्ब १० करोड ३ लाख ५० हजार रुपैयाँ रहको छ । जगेडा कोषमा २६ करोड ६ लाख रुपैयाँ जम्मा रहेको छ । यसको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ३४ पैसा (वार्षिक) र प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४१ पैसा छ ।































प्रतिक्रिया